Aamsanchar

म्युजिक फिल्डमै लागेर आफू सर्भाइभ गर्न सकिन्छ : गायक सविन राई (अन्तरर्वाता )

Author Image
मङ्गलवार, फागुन ९, २०७९

बिर्तामोडमा आयोजित बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार मेलामा विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुती जारी छ । कलाकारहरूको बेजोडको प्रस्तुती रहने क्रम जारी रहँदा  ‘पप’ गायक सविन राईले पनि प्रस्तुती दिएका छन् । कलाकारहरूको प्रस्तुती महोत्सव सञ्चालन अवधिभर रहनेछ । फागुन ५ गतेबाट शुरु भएको महोत्सव १५ गतेसम्म सञ्चालन हुनेछ । सो अवधीमा स्थानीय कलाकारदेखि साँझ राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुती रहँदै आएको छ । महोत्सवमा आफ्नो प्रस्तुती गरिसकेका पप गायक राईसँग मेलाको सन्दर्भसहित सहकर्मी रेजिना गौतम र विनोद पाण्डेले गरेको कुराकानी संक्षेपमा ।

कस्तो लाग्यो बिर्तामोड महोत्सव ?
राम्रो लाग्यो । सबै ठाउँको आ–आफ्नै विशेषता हुन्छ । बिर्तामोड महोत्सव धेरै राम्रो लाग्यो ।

तपाईको अपेक्षा अनुसार दर्शक पाउनु भयो ?
मान्छेहरू ठिकैको हुन्छ होला जस्तो लागेको थियो । तर, सोचेको भन्दा फरक थियो । राम्रो क्राउड (भिड) उपस्थिति नर्मल हुन्छ होला भन्ने लागेको थियो । तर, अवेवियर ।

महोत्सवमा सुधार गर्नुपर्ने पक्ष ? आयोजकलाई तपाइएको  सुझाव के ?
सफल हो भव्य सफल । नर्मल्ली यस्तै हो । ब्लण्डर केही देखिन । स–सानो कमजोरीहरू त हुन्छ नै । तर, सुझाव नै दिनुपर्ने खास केही पनि देखिन । राम्रो थियो । आर्टिष्टहरुलाई राम्रो गरी ल्यायो । महोत्सव स्थलमा पसेपछि हामी आर्टिसहरुलाई सानो बस्ने ठाउँ होस भन्ने लाग्छ, त्यो सबै थियो । लाइट, साउण्डहरु पनि राम्रो थियो । ठाउँ अनुसार हुन्छ । नेपालमा त्यो भन्दा बढी के अपेक्षा गर्नु रु त्यत्तिको राम्रो थियो ।

सविन राई को हो ?
गीत संगीत मन पराउने एउटा मान्छे ।

गीत गाउन कहिलेदेखि शुरु गर्नुभयो ?
प्रोफेसनल रुपमा २००२ देखि हो ।

अहिलेसम्म कतिवटा गीत स्रोतमाफ आइसकेको छ ?
त्यस्तो भब्य र धेरै गीतहरू आएको छैन । कम्ती गरेको छु । तर, राम्रो गरेको छु । म आफैं किताब लेख्छु, गीत लेख्छु, आफैं बनाउँछु र त्यस्तो गीत मात्रै बाहिर निकाल्छु जसले म आफैंलाई पनि चित्त बुझोस् । म एकदम कम्ती काम गर्छु, जति गर्छु त्यो राम्रो होस् ।

तपाईँका टप थ्री गीतहरूको नाम लिनुपर्दा ?
धेरै गरेको छैन । आफूले गरेका सबै राम्रा नै लाग्छन् । तर, स्रोताले मन पराएका मध्ये ‘तिमी नै हौ’, ‘जाउँकी बसौँ’, ‘संसार जित्ने’ त्यस्तै त्यस्तै हो ।

सविन राई कुन किसिमको गायक हो ?
मान्छेले छुट्याइ हाल्छ । तर मैले सक्ने भनेको अलि भाष्य गीत नै हो । मलाई पहिलेदेखि नै मन पर्ने मोर्डन संग नै हो ।

आफैंलाई एकै शब्दमा भन्नुपर्दा के गायक भन्न रुचाउनुहुन्छ ?
‘पप’

गीत संगीतको भविष्य रु?
राम्रो छ । प्रस्तुती राम्रो गर्न सक्यो भने अहिले धेरै राम्रो भएर गएको छ । नेपाली म्युजिक फिल्ड एकदम राम्रो भइराको छ । म्युजिक फिल्डमै लागेर आफू सर्भाइभ गर्न सकिन्छ । आफ्नो परिवार पाल्न सकिन्छ । हदै बाहिर देशको जस्तो नहोला । तर एटलिस्ट आफ्नो मिनिमम डिमाण्ड चलाउन सक्छ । तर, गायक भन्दैमा सबैले गर्न सक्दैन । राम्रो गर्न सक्नु पर्यो । माथि गएपछि छानिदै छानिदै जान्छ । छानिदै गएपछि डिमाण्ड पनि बढ्न थाल्छ । पेमेन्ट पनि बढ्दै जान्छ । त्यो हिसाबले गीत संगीततर्फको भविष्य म त उज्ज्वल नै देख्छु ।

 गायकहरुहरुको आम्दानीको स्रोत के हो ? ट्रयाक, स्टेज सो वा अरु केही ?
मुख्य त स्टेज सो नै हो । त्यसका अलावा युट्युव पनि ।

तपाई कत्तिको महंगो गायक हो ?
मलाई आफ्नो पारिश्रमिक लिनैमन लाग्छ । अहिलेसम्म संघर्ष गरियो । पेन्सन पाक्ने बेला भयो । यो अवधीसम्म यसैमा संघर्ष गरियो । अब म अर्को विकल्प पनि छैन । मेरो पारिश्रम अनुसारको चार्ज डिमाण्ड त गर्छु नै गर्छु । त्यसलाई कसैले महंगो भन्छ भने पनि केही भन्नु छैन ।

 विदेश यात्रा कत्तिको गर्नुभयो ?
गीत संगीतको यात्रासंगै विदेश भ्रमण प्राय गरेको छु । जहाँ नेपालीहरुको बसोबास बढी छ–त्यहाँ पुगेको छु, घुमेको छु ।

गायकको चार्ज आफूखुशी तोकिन्छ कि ! यसको कुनै मापदण्ड छ ?
प्रायः ब्याण्डहरुले निर्धारण गर्छ । ब्याण्डले निर्धारण गरेकोमा आयोजकहरुले पनि थेग्न सक्ने आँट आयो भने बोलाउँछ, नभए गर्दैन । गायकमार्फत आयोजकले पनि केही त अपेक्षा गरेको हुन्छ, उनीहरुले पनि केही न केही त कमाउन पर्यो । आर्टिष्टहरुले पनि गर्न सक्छ ।

ट्रयाकमा गाउनु र ब्याण्ड सेटमा गाउनुमा के फरक छ रु स्थापित गायकले ट्रयाकमा गाउनु राम्रो कि नराम्रो रु
गीत संगीतको इतिहास हेर्ने हो भने ट्रयाकबाटै आएको हो यसलाई नराम्रो भन्न मिल्दैन । तर नाम चलेका गायकले ट्रयाकमा नगाएको राम्रो । यसो भन्दैमा सबैको ब्याण्ड नहुन सक्छ । त्यस्तो अवस्थामा बाध्यता पनि हुन्छ । त्यसमा अरु पनि कुराहरु जोडिन्छन् । तर मलाई नै समूहगत रुपमै काम गरौं भन्ने लाग्छ । कुनै बेला मेरो पनि ब्याण्ड थिएन् । ट्रयाकमा गाउनुपर्ने अवस्था पनि थियो ।

अन्त्यमा ?
महोत्सवको भव्य सफलताको कामना गर्छु । मलाई दर्शक/स्रोताले जुन माया दिनु भएको छ । अझ धेरै माया गर्न र गीत संगीत मन पराइदिन अनुरोध गर्छु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (१)