Aamsanchar

रियलले लिभरपुललाई ५–२ गोलले हरायो

Author Image
बुधवार, फागुन १०, २०७९

यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब लिभरपुललाई हराएको छ ।

गएराति भएको खेलमा रियलले घरेलु टोली लिभरपुललाई ५–२ गोलले हरायो । रियलका भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान दुई तथा एडर मिलिसाओले एक गोल गरे । लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहको गोल सान्त्वना बन्यो । जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

अर्को खेलमा इटालियन क्लब नेपोलीले जर्मन क्लब फ्रान्कफर्टलाई पराजित गरेको छ । नेपोलीले १० खेलाडीमा समेटिएको घरेलु टोली फ्रान्कफर्टलाई २–० गोलले हरायो । नेपोलीका भिक्टर ओसिमहेन र जियोभानी डि लोरेन्जोले गोल गरे । जितसँगै नेपोलीले पनि क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर