


सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सहित नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीबीचको बैठक सकिएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकमा राष्ट्रपति निर्वाचनमा सम्भावित समीकरणबारे छलफल भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । उनका अनुसार बैठकमा कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको थियो । तर, आ-आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने भन्दै हालका लागि बैठक स्थगित भएको छ ।
बैठकमा माओवादीक अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरूको सहभागी रहेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 86