Aamsanchar

विश्वकप लिग टू सिरिज : सन्दिप विनाकाे नेपाली टाेलीले आज पपुवा न्युगिनीसँग खेल्दै

Author Image
सोमवार, फागुन १५, २०७९

काठमाडौं : यूएईमा आजदेखि सुरु हुने विश्वकप लिग टू त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दै छ।

खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ।  विश्वकप लिग–२ मा नेपालले विदेशी भूमिमा खेल्ने यो नै अन्तिम शृंखला हो। यसपछि नेपालले घरेलु मैदानमै अन्तिम शृंखला खेल्नेछ।

विश्वकप लिग–२ को शीर्ष तीन स्थानमा युएई र नेपालले दाबेदारी दिने प्रयास गर्नेछन्। नेपाल र युएईएले समान २८ खेल खेलिसकेका छन्। युएई २९ अंकका साथ पाँचौँ स्थानमा छ। नेपालले समान खेलबाट २६ अंक जोडेको छ। नेपाल लिगको छैटौँ स्थानमा छ। नेपालले शीर्ष तीन स्थानमाथि दाबेदारी प्रस्तुत गर्नेछ । ​शृंखलामा सहभागी तेस्रो राष्ट्र पिएनजी पाँच अंकका साथ पुछारमा छ।

नेपालले गत साता काठमाडौंको कीर्तिपुरमा भएको शृंखला क्लिन स्विप गरेको थियो।  त्रिकोणात्मक एकदिवसीय सिरिजमाथि क्लिन स्विप गरेको नेपाली टोली उच्च मनोबलका साथ युएईको भ्रमणमा छ।

त्रिवि मैदानमा नेपालले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । कुशल भुर्तेल, कप्तान रोहितकुमार पौडेल, आसिफ शेख, कुशल मल्ल तथा दीपेन्द्रसिंह ऐरीले ब्याटिङ इनिङ्स सम्हाल्दा नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध विशाल लक्ष्य सहजै पछ्याएको थियो।

धरौटीमा छुटेका पूर्वकप्तान सन्दीप लामिछानेले सिरिजमा उत्कृष्ट पुनरागमन गरेका थिए। उनले चार खेलमा सर्वाधिक १३ विकेट लिँदै विपक्षीमाथि दबाब राखेका थिए। तर अदालतले उनलाई विदेश भ्रमणमा रोक लगाएपछि यूइई जान पाएका छैनन्। उनले विदेश जान पाउनुपर्ने भन्दै सर्वोच्चमा दिएको निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (१)

सम्बन्धित खबर