Aamsanchar

पपुवा न्युगिनीद्वारा नेपाललाई जितका लागि २०४ रनको लक्ष्य

Author Image
सोमवार, फागुन १५, २०७९

काठ्माण्डाैं – आइसिसी विश्वकप लिग-२ क्रिकेटमा पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ।  युएईको दुबई रंगशालामाटस जितेर फिल्डिङ गर्ने नेपालको निर्णयपछि पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको हो।

पिएनजीका लागि कप्तान असद भालाले ३६‚ सेसे बौले ३१‚ किप्लिन डोरिगाले २९‚ नोर्म्यान भानुआले २५ र हिरी हिरीले १० रन बनाए। उसका लागि चाड सोपरले अविजित ३६ रन र सेमो केमियाले अविजित ७ रन बनाए।

नेपालका लागि गुल्सन झाले ३, कुशल मल्लले २ र सोमपाल कामी तथा प्रतिश जिसीले १/१ विकेट लिए।

घरेलु मैदानमा भएको त्रिदेशीय सिरिज क्लिन स्विप गरेको नेपाल सोमबार उच्च मनोबलसहित पीएनजीविरुद्ध उत्रिएको छ।

नेपालले विश्वकपको वरीयता जोगाउन शीर्ष ५ र छनोट हुन शीर्ष ३ भित्र रहनुपर्ने छ। त्यसका लागि बाँकी खेलमा नेपालले लगातार जित निकाल्नुपर्ने दबाब छ।

अहिले २८ खेलमा २६ अंक जोडेको नेपाल छेटौँ स्थानमा छ। २८ खेलबाट ५ अंक जोडेको पीएनजी अन्तिम स्थानमा छ।

नेपालले फागुन १८ गते घरेलु टोली युएई, १९ फागुनमा पीएनजी र २२ फागुनमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (१)

सम्बन्धित खबर