Aamsanchar

लायन्स क्लब अफ गोल्डेन ड्रिम्सको नजर परेपछि बालकल्याण आधारभूत देखियो चम्किलो 

Author Image
शुक्रवार, फागुन १९, २०७९

बिर्तामोड ।  लायन्स क्लब अफ गोल्डेन ड्रिम्स बिर्तामोडले झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ मा रहेको बालकल्याण आधारभूत विद्यालयको भवन रङ्गरोगन र मर्मत सम्भार गराई दिएको छ । 

ड्रिम्स बिर्तामोडले शुक्रवार (आज) एक कार्यक्रमकैबीच संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयको भवन रङ्गरोगन र मर्मत सम्भार र एउटा शौचालय निर्माण गरिदिएको हो  हो । गोल्डेन ड्रिम्स बिर्तामोडकी अध्यक्ष गंगा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनले डिस्ट्रिक्ट गभर्नर धिरज गुरुङको प्रमुख आतिथ्य रहेको थियो भने डिस्ट्रिक्ट फस्ट लेडी रेखा गुरुङको विशेष आतिथ्य रहेको थियो । स्वागत लायन्स क्लब अफ गोल्डेन ड्रिम्स बिर्तामोडकी उपाध्यक्ष दिपा ओलीले गरेको कार्यक्रमको सञ्चालन सचिव बिनिता लामाले गरेकी थिइन् । 

सोही गोल्डेन ड्रिम्स बिर्तामोडका सदस्यहरू सानी घिमिरे, जमुना अर्याल र हेलन कडरियाको जन्मोत्सवमा विद्यालयका एक सय ५० जना बढी विद्यार्थीलाई कापी समेत वितरण गरिएको थियो । सामुदायिक उक्त विद्यालयमा रङ्गरोगन नभएको देखेर लायन्स क्लब अफ गोल्डेन ड्रिम्स बिर्तामोडले विद्यालय भवनलाई मर्मत सम्भार सहित एउटा शौचालय निर्माण गरेर हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । लायन्स क्लब अफ गोल्डेन ड्रिम्स बिर्तामोडले करिब २ लाख ५० हजार रुपैयाँ बराबरको रङ्गरोगन तथा मर्मतसम्भार र शौचालय निर्माण गरेर १५ दिनमा काम सम्पन्न गरेको जनाईएको छ । 

कार्यक्रममा लायन्स क्लब अफ गोल्डेन ड्रिम्स बिर्तामोडका पदाधिकारी तथा सदस्य जनप्रतिनिधि, स्थानीय समाजसेवी, विद्यालयका शिक्षकशिक्षिकाहरू तथा कर्मचारी र अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । नर्सरीदेखि कक्षा ५ सम्म अध्यापन हुँदै आएको विद्यालयमा एक सय ८६ जना विद्यार्थी अध्ययनरत रहेको साथै ९ जना शिक्षकशिक्षिकाहरू तथा कर्मचारी रहेको विद्यालयका प्रधानाध्यापक डम्बर यादवले जानकारी दिए ।  प्रधानाध्यापक यादवले भने ‘लायन्स क्लबको नजर यस विद्यालयमा परेकाले विद्यालयको स्वरुप भेरिएको छ । चम्किएको, अझै धेरै आधारभूत कामहरू गर्न बाँकी छ, आगामी दिनमा पनि गोल्डेन ड्रिम्सको नजर पर्ने आस राखेका छौ ।  


Views: 362

प्रतिक्रिया (०)

सम्बन्धित खबर