Aamsanchar

ओखलढुंगामा जीप दुर्घटना

Author Image
आइतवार, फागुन २१, २०७९

ओखलढुंगा :  ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन्।

दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ८४८३ जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढु्गांका प्रहरी प्रमुख डिएसपी दिपकबहादुर केसीले जानकारी दिए। केही घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्नसक्ने उनले बताए।

केसीका अनुसार घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ। उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर