Aamsanchar

मेचीपुल बाट ब्राउनसुगरसहित इलामका एक जना पक्राउ

Author Image
सोमवार, फागुन २२, २०७९

झापा- झापाको मेचीनगर नगरपालिका-६ मेचीपुल बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलाम नगरपालिका-१२ का २४ बर्षीय सुजन बाला राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा राईको साथबाट ४४ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर