Aamsanchar

कारबाहीमा परे रक्सी खाएर अर्धनग्न बन्दै सुरक्षा जाँचमा खटिएका प्रहरी जवान

Author Image
शनिवार, फागुन २७, २०७९

सप्तरी – सप्तरीको सदरमुकाम राजविराजमा रक्सी खाएर हाेहल्ला गर्ने प्रहरी जवान कारबाहीमा परेका छन् । रक्सी खाएर सुरक्षा जाँचमा खटिएका जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जीवकुमार राय कारबाहीमा परेका हुन् ।

उनले शुक्रवार बेलुकी राजविराजमा रहेकाे महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि रक्सी खाएर गाडीकाे चेकजाँच गरेकाे भिडियाे सामाजिक सञ्जालमा सार्वजनिक भएकाे थियाे । यस क्रममा स्थानीयले प्रतिकार गरेपछि उनी अर्धनग्न बन्दै गालीगलौज समेत गरेका थिए । भिडियो अहिले अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई कारबाही गरेकाे हाे । सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले आचरण विपरीत काम गरेकाले उनलाई निलम्बन गरिएकाे जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर