Aamsanchar

बिर्तामोडबाट ब्राउन सुगर र नक्कली नोटसहित २ जना पक्राउ

Author Image
बिहिवार, चैत २, २०७९

झापा- झापाको बिर्तामोड नगरपालिका-४ बाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर र नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बुधबार बेलुका बिशेष सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ का सुवास ताजपुरियाको घर कोठा खानतलासी गर्दा  ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, नाईट्राजेपान २८ ट्यावलेट र नक्कली नेपाली नोट हजार रुपैयाँको ८८ थान, पाँच सयको २ थान, अष्ट्रेलियन नोट एक सयको ३ थान, अन्य देशहरुको नोट ११ थान, सक्कली नेपाली रुपैया ३ हजार र मे.५ प.९७९७ नम्वरको मोटरसाईकल बरामद भए सँगै २४ बर्षीय सुवास ताजपुरिया र उनको भाई १९ बर्षीय प्रविण ताजपुरीयालाई पक्राउ गरिएको हो । लागुऔषध ब्राउन सुगर र नक्कली नोट सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर