Aamsanchar

जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनु पर्ने

Author Image
आइतवार, चैत १९, २०७९

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले अब आफ्ना छोराछोरीलाई ८ कक्षासम्म सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने भएको छ ।

गाउँपालिकाले सूचना निकालेर जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गरेको जनाएको छ ।

आउँदो शैक्षिक सत्र २०८० देखि सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गर्न सूचनामा भनिएको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन २०७९ को दफा २२ मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था रहेकाले २०८० सालको शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउन पालिकाले सूचना निकालेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर