Aamsanchar

रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न सरकारकाे आग्रह

Author Image
सोमवार, चैत २०, २०७९

काठमाण्डाै – सरकारले रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना निकालेर रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक नखान आग्रह गरेको हो।

मौसम परिवर्तनसँगै वायु प्रदूषण बढेकाले अहिले धेरैलाई रुघाखोकी र ज्वरो आएको छ । यस्तो बेला बिरामीसँग भौतिक दूरी कायम गर्न मन्त्रालयको सुझाव छ । घरमा कसैलाई रुघाखोकी लागेको भए मास्क लगाउन सूचनामा भनिएको छ ।यस्तै, खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोप्न पनि भनिएको छ ।

बेलाबेलामा साबुनपानीले सफासँग हात धुन, तातो पानी पिउन, बाफ लिन, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान र रुघाखोकी लागेका बेला घरेलु उपचार विधि अपनाउन आग्रह  गरिएको छ ।

यस्तै, सम्भव भएसम्म मौसमी फ्लुविरुद्धको खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर