Aamsanchar

उपनिर्वाचन : रवि लामिछानेको उमेदवारीविरुद्ध उजुरी

Author Image
मङ्गलवार, चैत २१, २०७९


काठमाडौं : राष्ट्रिष्य स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको उमेदवारीविरुद्ध उजुरी परेको छ।

आसन्न उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर–२ बाट उमेदवार बनेका लामिछानेविरुद्ध अधिवक्ता युवराज पौडेल (सफल)ले विरोधको निवेदन दिएका हुन्।

नेपालको संविधानको धारा २९१ उल्लेख गर्दै पौडेलले लामिछाने प्रतिनिधिसभा सदस्यको उमेदवार हुन अयोग्य रहेको जिकिर गरेका छन्। उक्त धारामा विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपाली नागरिकले विदेशको स्थायी आवासीय अनुमतिपत्र त्याग गरेको तीन महिना नपुगी कुनै पदमा निर्वाचित वा मनोनीत हुन नमिल्ने व्यवस्था छ। सोही आधारमा पौडेलले लामिछानेको उमेदवारी खारेज गर्न माग गरेका छन्।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि हिजो उमेदवारी दर्ता गरिएको थियो। आज उमेदवारीविरुद्ध दाबी विरोध गर्न सकिने निर्वाचन आयोगको कार्यतालिका छ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर