Aamsanchar

संवैधानिक परिषद्को सिफारिसप्रति हर्कको आपत्ति, ´उपसभामुखको हस्ताक्षर खेदजनक`

Author Image
शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९हर्क साम्पाङ० ले चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिएको भन्दै आपत्ति जनाएका छन् ।

साम्पाङले शुक्रबार (वैशाख २५)एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । उले संसद् छलेर अध्यादेश ल्याइएको भन्दै त्यसको पनि विरोध गरेका छन् ।

´संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिई-दिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत थियो १ गलत कार्यलाई कदापी सही भन्न सकिन्न र भन्न हुँदैन,` साम्पाङले उल्लेख गरेका छन्, ´वरीयताले चौथोलाई प्रधानन्यायधीश नियुक्त गर्नु अर्को ठूलो गल्ती गरेको छ यो सरकारले । यो कदमप्रति घोर आपत्ति व्यक्त गर्दछौँ ।`

प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर श्रम संस्कृति पार्टीबाटै सांसदहुँदै उपसभामुख बनेकी हुन् । ठाकुरले पनि उक्त निर्णयमा सहमति जनाएको भन्दै अध्यक्ष साम्पाङले त्यसलाई खेदजनक भनेका छन् ।

´हाम्रै पार्टीबाट जानुभएको उपसभामुखले समेत वरीयताको क्रमलाई उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ,´ साम्पाङले भनेका छन्, `यसरी विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको सदासर्वदा श्रम संस्कृति पार्टी विरोध गर्दछ ।`

 

Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर