Aamsanchar

यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जना पक्राउ

Author Image
शुक्रवार, वैशाख २५, २०८३

मुगु – अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुगुका विभिन्न पाटनमा यार्सागुम्बा सङ्कलन गर्न गएका एक बालिकासहित २५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।

‘अनुमतिविना पाटन वन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ, उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ’, उनले भने।

मुगुम कार्मारोङ गाउँपालिकाले यार्सागुम्बा सङ्कलनसम्बन्धी सूचना प्रकाशित गरेको छैन । यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनमा सुरक्षा बढाइएको छ। मुगुका दुई दर्जनभन्दा बढी वन तथा पाटनमा पाइने बहुमुल्य, बहुउपयोगी जडीबुटी यार्सागुम्बा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछामसहित मुलुकभर र भारतबाट सङ्कलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्।

यार्सागुम्बा दुर्गमका जनताको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको छ। यहाँका नागरिक वर्षभरिको पारिवारिक खर्च यार्सागुम्बा बिक्रीबाटै जुटाउँछन्।

 

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर