


काठमाडौं : चर्चित म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूचीमा नेपालका उद्योगी तथा सांसद विनोद चौधरी १६४७ औ स्थानमा रहेको देखाएको छ।
फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति १ अर्ब ८० करोड डलर पुगेको हो। ६७ वर्षका चौधरीको सम्पत्ति स्रोत विविध रहेको देखाइएको छ।
यता फोर्ब्सको वार्षिक विश्व अर्बपति सूचीमा एलन मस्कलाई पछि पार्दै बर्नार्ड आर्नो विश्वकै सबैभन्दा धनी बनेका छन्।

दोस्रो स्थानमा धकेलिएका मस्कको सम्पत्ति १ खर्ब ९२ अर्ब अमेरिकी डलर रहेको जनाइएको छ। पहिलो स्थानमा रहेका बर्नार्डको कुल सम्पत्ति २ खर्ब २८ अर्ब डलर रहेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 185