Aamsanchar

जोन सीनासँग अभिनेत्री प्रियंका चोपडा फिल्म खेल्दै

Author Image
बिहिवार, चैत २३, २०७९

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले रुसो ब्रदर्सको वेब सिरिज ‘सिटाडेल’ रिलिजअघि अमेजन स्टुडियोबीच पुनः सहकार्य गरेकी छन् ।

यस पटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा डब्लुडब्लुई च्याम्पियन जोन सीनासँग काम गर्दैछिन् । उक्त फिलमको छायांकन आगामी मे महिनादेखि सुरु हुने छ ।

प्रियंकाले यस फिलमको घोषणा सामाजिक सञ्जालबाट गरेकी हुन् । प्रियंकाले जोन सिना र इद्रिस एल्बासँग काम गर्न लागेको उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत तस्वीरपनि सार्वजनिक गरेकी छन्

कथा वस्तुबारे नखुलाइएको यस फिल्ममा सफारान कम्पनीका पिटर सफ्रान र जोन रिकार्ड निर्माता रहेका छन् ।

प्रियंका अहिले आफ्नो आगामी वेब सिरिज ‘सिटाडेल’ को प्रमोशनमा व्यस्त छिन् । यसको प्रमोसनका लागि उनी भारत आएकी छिन् । अमेजन स्टुडियोको यो श्रृंखला अप्रिल २८ मा रिलिज हुने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर