Aamsanchar

रुख ढलेर कटेजको छानोमा खस्दा ७ जनाको मृत्यु,३० घाइते

Author Image
सोमवार, चैत २७, २०७९

काठमाडौं : भारतको महाराष्ट्रमा एउटा रुख ढलेर कटेजको छानोमा खस्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ। ३० जनाभन्दा बढी घाइते भएका छन्।

महाराष्ट्रस्थित अकोलाको पारस गाउँमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुन गएका झण्डै ४० जना कटेजभित्र बसिरहेका बेला रुख ढलेर छानोमा परेको हो। केही व्यक्ति गम्भीर घाइते रहेको अकोला प्रहरीले जनाएको छ।  अकोलाका कलेक्टर नीमा अरोराले कटेजमा  झण्डै ४० रहेको बताइन्।

अरोराले भनिन्, ‘कटेजमा करिब ४० जना मानिस उपस्थित थिए, जसमध्ये ३६ जनालाई अस्पतालमा भर्ना गरिएको थियो र तीमध्ये चार जनाको मृत्यु भएको थियो, पछि मृतकको संख्या सात पुग्यो र एकजना गम्भीर घाइते छन्।‘​

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले मृतकका परिवारलाई राज्य सरकार र मुख्यमन्त्री राहत कोषबाट आर्थिक सहयोग गर्ने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर