Aamsanchar

 सलमान खानलाई फेरि ज्यान मार्ने धम्की

Author Image
मङ्गलवार, चैत २८, २०७९

नयाँ दिल्ली : सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ । सोमबार एक व्यक्तिले मुम्बई पुलिसलाई कल गरेर यस्तो धम्की दिएका हुन्।

अभियुक्तले आफ्नो नाम रकी भाइ बताएको प्रहरीले जनाएको छ । फोन गर्नेले आफू राजस्थानको जोधपुर निवासी भएको बताए ।

यसअघि पनि सलमानलाई धम्की आएको थियो । यस मामिलामा जोधपुर निवासी ढाकद्रमलाई पक्राउ गरिएको छ। उनले सलमानको आधिकारिक मेलमा ३ वटा इमेल पठाएका थिए ।

यसमा लेखिएको थियो, ‘सलमान खान अब तिम्रो पालो, तिमी जोधपुर आउनेबित्तिकै सिद्धु मूसेवाला जस्तै गरी मारिनेछौ । अर्को नम्बर तिम्रो हो। जोधपुर आउ।’ दैनिक भाष्कर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर