Aamsanchar

चलचित्र ‘जारी’ को नयाँ गीत सार्वजनिक

Author Image
मङ्गलवार, वैशाख ५, २०८०

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगर अभिनित प्रदर्शनरत चलचित्र ‘जारी’ को नयाँ गीत सार्वजनिक भएको छ ।

वैशाख १ गते शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रको ‘रीत’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । सोमबार बासुरी फिल्म्स युट्युब च्यानलमार्फत सो गीत सार्वजनिक गरिएको हो ।

हर्क साउँदको शब्द रहेको गीतमा मनोज थापा मगरकाे संगीत र स्वर रहेको छ भने मनोजलाई सुनिता थेगिमले साथ दिएकी छिन् ।

गीतमा दयाहाङ र मिरुनाबीचको प्रेमिल नोकझोकलाई देखाइएको छ । लिम्बु समुदायको जारी प्रथामा आधारित भएर बनेको चलचित्रले ४ दिनमा राम्रो कमाइ गरिसकेकाे छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर