Aamsanchar

नीलडेविड् सलूनको फ्रेन्चाइजी आउटलेट भारतको जम्मू मा पनि

Author Image
बुधवार, वैशाख ६, २०८०


काठमाडौं । नीलडेविड् सलूनको फ्रेन्चाइजी आउटलेट भारतको जम्मू पनि सञ्चालनमा आएको छ।

नेपालको ब्राण्ड लाई विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नीलडेविड कट्वालले आफ्नो फ्रेन्चाइजी आउटलेट भारतको जम्मू पनि विस्तार गरेका हुन ।

जम्मूमा सञ्चालनमा आएको नीलडेविड् सलूनको फ्रेन्चाइजीका सञ्चालक जम्मू निवासी मेकअप आर्टिष्ट रीना चौधरी तथा उनका श्रीमान् एड्भोकेट विरेन चौधरी हुन् । चौधरी दम्पत्तिले संयुक्त रुपमा जम्मूमा नीलडेविड्स ईन्टेरियर सलून एण्ड एकेडेमी सञ्चालना ल्याएका हुन् ।

केही दिनअघि भारतीय जनता पार्टी बिजेपीका नेता सुरिन्दर चौधरी तथा हेयर स्टाइलिष्ट नीलडेविड कट्वालले संयुक्त रुपमा रिबन काटेर जम्मूको नीलडेविड्स सलून उद्घाटन गरेका छन् ।

भारतको लागि नीलडेविड्स सलूनको यो ४८ औं शाखा भएको हेयर स्टाइलिष्ट कटवालले बताए । नीलडेविड्स ब्राण्ड भारतका प्रमुख शहरहरुमा सञ्चालनमा रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर