Aamsanchar

चलचित्र ‘गणपति’ को ‘ए मेरी आमा’ गीत सार्वजनिक

Author Image
बिहिवार, वैशाख ७, २०८०

काठमाडौं। मातातीर्थ औंसीको पूर्वसन्ध्यामा पारेर बुधबार चलचित्र ‘गणपति’ को ‘ए मेरी आमा’ गीत सार्वजनिक भएको छ ।

‘ए मेरी आमा’ बोलको यो गीत छोटो भर्सनमा संवादसहित सार्वजनिक गरिएको हो । प्रमुख अभिनेता मुकुन भुषाल र उनकी आमाको चरित्र निर्वाह गरेकी सुर्यमाला खनालको कथालाई गीतले बोलेको छ ।

निर्देशक अधिकारीको शब्द तथा संगीत रहेको गीतमा प्रविन भेडुवालको स्वर रहेको छ ।

‘गणपति’ ले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताउँदै कोहि व्यक्ति कुनै बेला त्यहि समाजको भगवान बन्ने र उहि व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने यो चलचित्रमा प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताए ।

यसमा मुकुन र सूर्यमाला खनालको साथमा कविता न्यौपाने, मेनुका प्रधान, स्व.जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको यस चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ ।

चलचित्र आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर