Aamsanchar

‘जोडी चिण्डो’ सार्वजनिक

Author Image
बिहिवार, वैशाख ७, २०८०

काठमाडौं : गीतकार अगम विकरालको नयाँ गीत ‘जोडी चिण्डो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। साकेला भाकाको यो गीतमा युवकले भर्खर परिचित युवतीलाई आफ्नो रीतिथिति र संस्कृतिबारे वर्णन गरिएको छ।

आफ्नो संस्कारअनुसार घर भित्र्याउने बाचा गर्दै युवकले जोडी चिण्डो लिएर माग्न आउने प्रस्ताव गरेका छन्। राई समुदायमा जोडी चिण्डो र तीन चूह्लोको सांस्कृतिक महत्व हुन्छ।

अशोक थुलुङको स्वर र फणिन्द्र राईको एरेञ्ज रहेको यो गीतलाई दिनेश वान्तावाले कम्पोज गरेका हुन्। म्युजिक भिडियोमा एलिस राई र एलिसा राईको अभिनय छ। सुबोल थापाले कोरियाग्राफी गरेको यो भिडियोको छायाकंन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन्। निर्देशन किरण चाम्लिङ राईको रहेको छ।

गीतकार विकरालको यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेको छ। गत वैशाखमा मात्र उनको गीत ‘एकान्तमा’को भिडियो सार्वजनिक गरेका थिए। एक दर्जनभन्दा बढी गीत रेकर्ड गराइसकेका गीतकार विकरालको ‘नसम्झिने बाचासँगै’ गीत सुगम संगीतका पारखीमाझ लोकप्रिय छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर