Aamsanchar

कनकाईलाई बालमैत्री नगर घोषणा गर्न सरोकारवालाहरू समक्ष छलफल

Author Image
आइतवार, वैशाख १०, २०८०

कनकाई ।   झापाको कनकाई नगरपालिकामा बालमैत्री स्थानीय शासन अभियानका लागि सरोकारवाला पक्ष  छलफल भएको छ ।

नगरको बाल कल्याण इकाईको आयोजनामा आइतबार (आज) बालमैत्री स्थानीय शासन बारे जानकारी गराउने उद्देश्यसहित बाल सरोकारवालाहरूसँग सल्लाह, सुझावसहित छलफल भएको हो ।

कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दल, बाल क्लबलगायतका ७० जना बढीको उपस्थिति रहेको थियो । 

स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश कनकाई नगरपालिकाका बालमैत्री स्थानीय शासन विज्ञ प्रजेश खनालले पारेको कार्यक्रमको सञ्चालन बालकल्याण अधिकारी उमानाथ ढकालले गरेका थिए ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन र त्यसको फाइदालगायतका विषयमा जानकारीसहित सल्लाह, सुझावसहित छलफल गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर