Aamsanchar

राजनीतिक आकाशमा आशाका झिल्काहरू

Author Image
मङ्गलवार, वैशाख १२, २०८०

आजकै दिन अर्थात् २०७२ वैशाख १२ गते हाम्रो मुलुकले विनाशकारी भुकम्पबाट ठूलो जनधनको क्षति बेहोर्नु परेको थियो ।
ठ्याक्कै ८ वर्षपछि आज नेपाली राजनीतिमा परिवर्तनका जबर्जस्त सङ्केतहरू देखिएका छन् ।
नेपाली जनताले ठूलो विश्वास र दृढ संकल्पका साथ भारी मतले  रास्वपाका तर्फबाट लामो समय असल पत्रकारिता गरेर नेपाली जनताको सेवा गरेका महान पत्रकार रवि लामिछानेज्यूलाई चितवन –२ बाट  र लामो समय राष्ट्र सङ्घमा  विश्व अर्थशास्त्री विद्वानका रुपमा काम गरेका  स्वर्णिम वाग्लेज्यूलाई तनहुँ –१ बाट विजयी गराउनुभएकोछ हजुरहरुको अभियानमार्फत  नेपाली जनताको असाधारण विश्वास र दृढ संकल्प अनुरूप हाम्रै पालामा मुलुकले काँचुली फेर्ने छ भन्ने कुरामा पूर्णरूपमा विश्वस्त छु ।
हार्दिक बधाई सहित कार्यकाल स्वर्णिम र उज्ज्वल रहोस् हार्दिक शुभकामना ! जहिल्यै कु राजनीतिक चक्रमा फसिरहने मेरो देशमा यस पटकका झिल्काहरू भने आसलाग्दा देखिएका छन्। डडेल्धुरामा हार बेहोरेका सागर ढकालले ल्याएको राजनीतिक चर्चादेखि स्थापनाको ६ महिनामै एउटा गतिलो वैकल्पिक शक्तिको रूपमा उदाएको स्वतन्त्र पार्टीले गज्जबको तरङ्ग ल्याएको छ। नेपालमा अहिले सहरी क्षेत्रमा देखापरेको राजनीतिक जागरण अघिल्लो संसदीय चुनावमा देखा परेको भए सायद आज मेरो टाउकोमाथि ७० हजार ऋण हुन्थेन कि ? तर पनि ’देर आएगा लेकिन दुरुस्त आएगा’ को गतिलो उदाहरण यहीँ त होला है! राजनीतिमा आकर्षित गर्न कसै न कसैले परिवर्तनको सुरुवात गर्नु थियो, यो २०७९ को स्थानीय चुनावमा बालेन शाहको उदयबाट भयो। पूर्व धरानमा हर्क साङपाङबाट देखा पर्यो। हर्क साम्पाङ, जसको चुनावी प्रचारप्रसार हेर्दा मलाई चार दशक पहिलाको नेपाली फिल्मको याद आयो। स्थानीय चुनाव फिल्मको ट्रेलर रैछ, फिल्मको फस्ट हाफ संघ र प्रदेशको चुनावमा देखियो। बाँकी फिल्म अब ५ वर्षसम्म हेरिन्छ। मलाई त विदेशमा भएका ४० लाख युवाको सम्झना आयो। ती सबैलाई मतदानमा समावेश गरेको भए अझ बढी बालेन, हर्क, रवि, तोसिमाहरू हामीले पाउने थियौँ। तर पनि जे जति भएको छ, यो सबैका सामु देखिएका अवसरभन्दा पनि चुनौती धेरै छन्।

विगत सात दसकदेखि जीर्ण हाम्रो प्रणालीलाई सही ट्रयाकमा ल्याउन र सापेक्षित आर्थिक विकास गर्ने कार्य अब पनि गरिएन भने देशमा कहिल्यै परिवर्तन नदेखेरै हामी मर्नेछौँ।

परिवर्तनको सुरुवात सहज कहिल्यै हुँदैन। यसले अनेकन समस्या ल्याएको हुन्छ तर जो युवा यसपाली निवार्चित भएर संसद्मा प्रवेश गरेका छन्, तिनका सामु मुख्य दुई ठुला चुनौती खडा भएका छन्। पहिलो– राजनीतिमा युवाले बिनाअनुभव देशमा परिवर्तन के गर्लान् र भन्ने शंकालाई चिर्ने चुनौती। अनुभव लिएर पाकेका वृद्ध नेताले युवाहरूले केही गर्न सक्दैनन् भनेर गुमराहमा राख्नुबाहेक केही गरेनन्।

दोस्रो– इगोले टन्न भरिएका, आफ्नो शरीरिक र मानसिक अवस्थाबारे ख्याल नगर्ने, अरुले नै सम्झाउँदा पनि अटेर गरी कुर्सीमा टाँसिने वृद्ध नेताबाट अनुभव ग्रहण गरी सो अनुभवलाई देश परिवर्तनमा उपयोग गर्ने चुनौती पनि छ। यद्यपि ती वृद्ध नेताहरूसँग देशको विकास गर्ने अचुक मन्त्र नै त छैन। तर, यो–यो गर्दा यस्तो बिग्रिन्छ भन्नेचाहिँ पक्कै पनि अनुभव छ। किन भने विगत ४ दशक को तिनको अनुभव भनेको देश बिगार्नमै बितेको छ। यसले युवालाई नबिग्रने बाटोमा हिँडाउँछ। यी दुई चुनौतीले युवाको राजनीतिक यात्रालाई वारपार लगाउनेछ।

’कोही न कोही पुरानो पोइ’ भनेझैँ पहिलेकै राजनीतिक अंक गणितको खेलमा समय गयो भने देशमा अकल्पनीय राजनीतिक संकट आउन सक्छ। ’बुढापाका र आराम विश्राम गर्नुपर्ने अवस्थाका नेताले देश बनाउँदैनन्। बनाउने युवाले नै हो।’ भन्ने आमजनताको भावना छ। त्यसैले पार्टीभन्दा माथि उठेर, व्यक्तिगत इगोभन्दा माथि उठेर देशको अवस्था परिवर्तनमा केन्द्रित हुनुपर्छ। देशको अवस्था परिवर्तनमा बोलेर लागेर तपाईंको व्यक्तिगत राजनीति सकिन्छ भने सकिन दिनुस्। त्यसैले तपाईंले त्यसलाई निराशा र दुःखमा परिणत हुन दिन पाउनुहुन्न।

काँग्रेस, एमाले, माओवादीलगायतका राजनीतिक दलको बेइमानी, सत्तालिप्सा र खिचातानी कारण नै तपाईंलाई राजनीतिमा प्रवेश गर्न र छोटो समयमै लोभलाग्दो सफलता हासिल गर्न सहज भएको हो। तिनै राजनीतिक दलका नेताले गल्ती गर्ने र उल्टो बाटोमा हिँड्ने छुट तपाईंलाई छैन । विल्कुल छँदै छैन।
त्यसैले, देशको भलाइका लागि तपाईंको लामो राजनीतिक भविष्यको कामनासहित एक सुझाव दिन चाहन्छु ’यति धेरै अपमानित भएर सरकारमा बस्नु हुँदैन रवि जी,  अब पार्टीले सरकार छोडेर प्रतिपक्षमा जनताको आवाज घन्काउनुपर्छ।’ (बोहरा धनगढीका युवा व्यवासयी हुन्)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर