Aamsanchar

झापाको कनकाई विषादि मुक्त अभियानमा

Author Image
मङ्गलवार, वैशाख १२, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा मा भोलि (बुधबार) विषादि मुक्त सप्ताहको समापन कार्यक्रमको अवसरमा विभिन्न दर्जन बढी कार्यक्रम गरिने भएको छ। कनकाई नगरमा कृषकहरूले कसरी बढी भन्दा बढी विषादि रहित अन्नबाली उत्पादन गर्ने भन्ने उद्देश्यका साथ कनकाई नगरलाई कृषि बालीमा विषादि मुक्त बनाउने अभियान अन्तरगत सप्ताह कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।

कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कनकाई नगरलाई कृषि बालीमा विषादि मुक्त गर्नकै लागि सप्ताहको आयोजना गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिनुभयो ।

पछिल्लो समय हरेक बालीमा विषादिको प्रयोग बढ्दै गएको भन्दै नगरमै यसलाई विषादि मुक्त बनाउन सप्ताह अभियान सञ्चालन गरिएको कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो।

भोलि बुधबार कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा जेसिस हलमा आयोजना हुने कार्यक्रममा कृषकहरूले उत्पादन गरेका विभिन्न तरकारी बालीमा कसरी विषादि रहित बनाउने बारेमा भोलि पूर्वाञ्चल कृषि क्याम्पस गौरादहका विद्यार्थीहरुबाट सचेतनामूलक र्याली तथा नाटक , रासायनिक विषादि न्यूनीकरणमा विद्यार्थीको भूमिका विषयक वकृत्वकला कार्यक्रम समेत रहने कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला भरिका २ सय बढी कृषकहरूको सहभागिता रहने बताईएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर