Aamsanchar

कनकाईमा विषादि मुक्त सप्ताह सम्पन्न, वक्तृत्व कलामा हरिकुलकी छात्रा प्रथम

Author Image
बुधवार, वैशाख १३, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकामा विषादिमुक्त सप्ताहको आज समापन गरिएको छ।

जैविक खेती आईपिएम कृषक समुहका अध्यक्ष भिमबहादुर राईको अध्यक्षतामा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथी कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले ब्यानर पढी सुरुङ्गा बजार परिक्रमा गर्ने र्‍यालीको उद्घाटन गर्नुभएको थियोे ।
कनकाई नगरमा कृषकहरुले कसरी आलि बाट थाली सम्म बढीभन्दा बढी विषादिरहित अन्नबाली उत्पादन गर्ने भन्ने उध्येश्यका साथ नगरलाई कृषि बालीमा विषादिमुक्त बनाउनकै लागी सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

उहाँले कृषकहरुलाई सुरु सुरुमा उब्जनी कम भएपनी विषादी प्रयोग जिवनका लागि हानिकारक हो भन्ने कुराको हेक्का गरि नगरलाई विषादिमुक्त बनाउन सबै लागि पर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कनकाई नगरलाई कृषि बालीमा विषादि मुक्त गर्नका लागि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले बताउनुभयो ।

कार्यक्रममा गरमकाली आई पि एम कृषक समुह , जैविक आई पि एम कृषक समुह , परिवर्तन आप्रवासी आई पि एम कृषक समूह , कनकाई आप्रवासी आई पि एम कृषक समुह , माता मन्दिर आप्रवासी आई पि एम कृषक समुह , पाथीभरा आप्रवासी आई पि एम कृषक समुह , सृजनसिल आप्रवासी आई पि एम कृषक समूह , नव उदय आप्रवासी आई पि एम कृषक समूह लगायत विभिन्न दश बढी कृषक समुह , वडा न २ प्रताव राई , वडा न ३ का अध्यक्ष युवराज चौलागाईं , अन्य जनप्रतिनिधि , विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि , पशुपति एकडेमी सुरुङ्गा , हरिकुल नमुना सेकेन्डरी स्कुल , प्यारागन विध्यालय, मेरिगोल्ड र भृकुटी माध्यमिक विध्यालय दुर्गापुरका विध्र्यार्थी लगायतको सहभागिता रहेकोे थियोे । पछिल्लो समय हरेक बालीमा विषादिको प्रयोग बढ्दै गएको भन्दै नगरमै यसलाई विषादिमुक्त बनाउन शब्ता अभियान सन्चालन गरिएको कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो ।

आज बुधबार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा जेसीस हलमा आयोजना आयोजित कार्यक्रममा कृषकहरुले उत्पादन गरेका विभिन्न तरकारी बालीमा कसरी विषादिरहित बनाउने बारेमा कृषि क्याम्पस गौरादहका विद्यार्थीहरुबाट सचेतनामुलक नाटक प्रस्तुत गरिएको कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले जानकारी दिनुभयो।

कार्यक्रममा रासायनिक विषादि न्यूनीकरणमा विद्यार्थीको भुमिका विषयक वक्तित्वकलाकला प्रतियोगितामा हरिकुल नमुना विध्यालय कक्षा १०की विद्यार्थी नुमा श्रेष्ठ प्रथम , मेरिगोल्ड विद्यालय कक्षा १० कि प्रनिशा तिम्सिना दोश्रो ,मेरिगोल्ड विद्यालय कक्षा १० का आदित्य भण्डारी तेस्रो भएका थिए । सहभागी सबैलाई पुरस्कारको व्यवस्था गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक शिवाकोटीले जानकारी दिनुभयो ।

बालीमा कसरी विषादिरहित बनाउने बारेमा सचेतनामुलक नाटक ,गित समेत प्रस्तुत गरिएको कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले जानकारी दिनुभयो । कारितास नेपालका प्रादेशिक प्रबन्धक देवेन्द्र पोख्रेलले स्वागत तथा औचित्य माथी प्रकाश पारेको कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विस्ट , कनकाई कृषि शाखाकि अधिकृत प्रियन्का गौतम , कनकाई नगरपालिकाका बालमैत्री स्थानीय शासन बिज्ञ प्रजेश खनालले लगायतले शुभकामना राख्नुभएको थियोे । नगरका कार्यक्रममा जिल्लाभरिका ३ सय बढी कृषकको सहभागिता रहेकोे कार्यक्रमको सञ्चालन कारितास नेपालका कृषि प्राविधिक कट्टेल र वरिष्ठ सामाजिक परिचालक शिवाकोटीले द्वयले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 359

प्रतिक्रिया (०)

सम्बन्धित खबर