Aamsanchar

किर्ते मुद्दामा दोषी ठहर कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुनद्वारा आत्मसमर्पण

Author Image
शनिवार, वैशाख १६, २०८०

काठमाण्डाै – सरकारी सहीछाप किर्ते मुद्दामा दोषी ठहर कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुनले आत्मसमर्पण गर्नुभएको छ । उहाँले हिजो जिल्ला अदालत मोरङमा आत्मसमर्पण गर्नुभएको हो ।

लगत्तै उहाँलाई कारागार चलान गरिएको जिल्ला प्रहरी  मोरङका डीएसपी एवं प्रवक्ता रञ्जन दाहालले जानकारी दिनुभयो । उहाँ ६ वर्षदेखि फरार हुनुहुन्थ्यो । प्रदेश सांसद रहेकै बेला खातुनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । साथै उहाँका श्रीमान् शेख शिलबरलाई पनि बराबरी सजाय र जरिबानाको फैसला सुनाइएको थियो ।

यो मुद्दामा तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई भने कर्मचारी भएका कारण २ वर्ष सजायको फैसला भएको थियो । खातुन कोशी प्रदेश सभामा एमालेबाट समानुपातिक सांसद बन्नुभएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध उहाँले २०७४ भदौमा उच्च अदालत विराटनगरमा पुनरावेदन गर्नुभएको थियो । उच्च अदालतले खातुनका श्रीमानलाई मात्रै सफाइ दियो भने खातुनविरुद्ध एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिबानाको फैसला सुनायो ।

दुई कर्मचारीविरुद्ध भने जिल्ला अदालतकै फैसला सदर भएको थियो । उनीहरुले जेल सजाय काटिरहेका छन् । खातुन उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगे पनि सर्वोच्चबाट निस्सा नपाएपछि सांसद पद खारेज भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर