Aamsanchar

ठूलाे हिमपात र वर्षाका कारण श्रीनगरमा रोकिए चारधाम हिँडेका तीर्थयात्री

Author Image
आइतवार, वैशाख १७, २०८०

ठूलाे हिमपात र वर्षाका कारण चारधाम यात्रामा निस्केका तीर्थयात्री श्रीनगरमा रोकिएका छन् । बद्रीनाथ र केदारनाथ धाममा ठूलाे हिमपात भएको तथा समथर भूभागमा ठूलाे वर्षा भएकाले तीर्थयात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले जनाएको छ ।

आवासका लागि अनलाइन बुकिङ गरेका यात्रीलाई रुद्रप्रयागसम्म जाने अनुमति दिइएको तर बुकिङ नभएका यात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले बताएको छ । श्रीनगरमा यात्रीका निम्ति पर्याप्त आवासको व्यवस्था गरिएको गढवाल प्रहरी प्रमुख रवि सैनीले बताउनुभएकाे छ । मौसममा सुधार हुनेबित्तिकै उनीहरूलाई गन्तव्यतर्फ प्रस्थानको अनुमति दिइने उहाँले बताउनुभयाे ।

उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले शनिवार सबै तीर्थयात्रीलाई कोभिड–१९ लगायत स्वास्थ्यसम्बन्धी सबै परीक्षण समयमै पूरा गर्न आह्वान गर्नुभएको थियो । राज्य सरकारले निर्धारण गरेका नियम पालना गर्न उहाँले सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर