Aamsanchar

अरुलाई सुशासनको पाठ सिकाउदै हिड्ने काठमाडौं महानगरका प्रहरी  कार्यालयमै तास खेल्न मस्त 

Author Image
बिहिवार, वैशाख २१, २०८०

काठमाडौं । अरुलाई सुशासनको पाठ सिकाउदै हिडने काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ । नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो ।

कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी नायब निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रूपेश बानियाँ छन् । बानियाँ भने कम्पनी करार मार्फत नगर प्रहरीमा आएका हुन् । तास खेलिरहेको उनीहरूको तस्वीर बुधबार दिउँसोको भएको महानगरपालिका स्रोतले जनाएको छ ।

कार्यालयमा तास खेल्ने नगर प्रहरीलाई छानबिनको प्रक्रियामा ल्याइएको महानगरपालिका स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर