


विराटनगर : किराँतहरुको महान पर्व उभौली विराटनगरमा बसोबास गर्ने राई, लिम्बू र याख्खा जातिहरुले सडकमा मनाएका छन्।
किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा र याख्खा छुम्माको संयुक्त आयोजनामा आज (शुक्रबार) विराटनगरस्थित रोडशेष चोकमा सांस्कृतिक आन्दोलन गर्दै उभौली पर्व मनाएका हुन्।
फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशको नाम फेर्नुपर्ने माग राख्दै पहिचान पक्षधर सडक आन्दोलनमा छन्।

सधैँ जस्तो हुँदो हो त किराँत राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ र याख्खा छुम्मा आ-आफ्नो आस्थाका कुल देवतालाई पूजा आराधना गरेर मनाउने भए पनि यो वर्ष भने प्रदेशले कोशी नाम पाएसँगै त्यसको विरोधमा सडकमा उभौली पर्व मनाउन बाध्य बनेको आयोजकले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 38