


म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनामा अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार बिहान एक जना पर्यटकको ज्यान गएको छ ।
बेनी जोमसोम सडकअन्तर्गत पर्ने पर्यटकीय स्थल रुप्से झरनाको अवलोकन गर्न पुग्नुभएका काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय केशब भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक किरण लामाका अनुसार झरना अवलोकन गर्दा ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते हुनुभएका भण्डारीको बेनी अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 47