Aamsanchar

शरणार्थी प्रकरण : तथ्यहीन समाचार सम्प्रेषण नगर्न प्रहरीकाे अनुराेध

Author Image
बुधवार, वैशाख २७, २०८०

काठमाण्डाै – नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीबारे तथ्यहीन तथा भ्रामक समाचार प्रकाशन/प्रसारण नगर्न अनुरोध गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले विज्ञप्ति निकालेर तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रूपमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै तथ्यहीन समाचार सम्प्रेषण नगर्न अनुरोध गर्नुभएको हो ।

कतिपय सञ्चारमाध्यम र अनलाइनमा यो मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले त्यसतर्फ ध्यानाकर्षण भएको पनि जनाएको छ । गलत समाचारबाट मुद्दाको अनुसन्धानमा समेत नकरात्मक असर पर्नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर