


काठमाडौं : संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ। गोरखापत्र संस्थानको पूर्वकार्यकारी अध्यक्ष एवं नेपाली कांग्रेस नेता समेत रहनु भएका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान काठमाडौंको सिफलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
सोलुखुम्बु निवासी बस्नेत २००७ सालको जन–क्रान्ति देखिनै नेपाली कांग्रेसमा सक्रिय रहेर राजनीति गरेका थिए। उनी नेपाली कांग्रेसको पूर्वकेन्द्रीय तथा पुर्वसांसद पनि हुन्।
उनी २०४८ सालदेखि २०५१ सालसम्म गोरखापत्रको कार्यकारी अध्यक्ष रहेका थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 34