Aamsanchar

याैन दुर्व्यवहारकाे आराेपमा पक्राउ परे कृषिविज्ञ मदन राई

Author Image
शुक्रवार, वैशाख २९, २०८०

काठमाण्डाै – कृषिविज्ञ एवम् शुभद्रा मदन (शुभम) फाउन्डेशनका सञ्चालक मदन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

खोटाङमा रहेको फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले जानकारी दिनुभयो । एक जना पीडित पनि प्रहरीको सम्पर्कमा आएको र अहिले सोधपुछ तथा राईमाथि अनुसन्धान भइरहेको मुकारुङले बताउनुभयो ।

वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्मामा राईले फाउन्डेशन सञ्चालन गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर