


काठमाडौं- गैँडाको खागसहित तीनजना पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका–४, स्टिलटावर चोकनजिकबाट २९७ मिलिग्राम तौल भएको गैँडाको खाग (ओखेटोपहार)सहित तीनजनालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–५, भवानीपुर घर भई ललितपुरको एकान्तकुनामा बस्दै आएका २८ वर्षीय रोशन घिमिरे र २४ वर्षीय युवराज घिमिरे तथा धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौंको नयाँबजारमा बस्दै आएका २८ वर्षीय वीरेन्द्र तामाङ छन् ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 33