Aamsanchar

बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, चार जना घाइते, स्थानीय आक्रोशित

Author Image
बुधवार, जेठ ३, २०८०

काठमाडौं : तारकेश्वरको जरंखुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

बुधबार दिउँसो तारकेश्वर रुटमा चल्ने बसले मोटरसाइकललाई ठक्कर दिँदा जोगन्द्र प्रसाद गुप्ताको निधन भएको हो। गम्भीर घाइते भएका उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए।

उनका अनुसार बसमा सवार चार जना सामान्य घाइते भएका छन्। दुर्घटना हुँदा बस खोलामा पुगेको थियो। बसलाई क्रेनको मद्धतले निकालिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयहरू आक्रोशित बनेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर