Aamsanchar

हेटौंडाबाट काँकडभिट्टाका लागि छुटेको यात्रुबाहक बसमा स्याउको कार्टुन भित्र गाँजा बरामद

Author Image
बुधवार, जेठ ३, २०८०

झापा : बारामा लागू ओैषध गाँजासहित चार जना पक्राउ परेका छन्।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका-८ स्थित सडकमा मे१ख २३२२ नम्बरको यात्रुबाहक बसमा प्रहरीले चेकजाँच गर्दा १३ किलो ५०० ग्राम गाँजासहित ४ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा मकवापुरको मनहरी गाँउपालिका वडा नम्बर ८ ज्यामिरेका ३४ वर्षिीय राजकुमार भन्ने चन्द्र बहादुर मोक्तान, झापाको  मेची नगरपालिका वडा नम्बर ६ शान्तिटोलका ४६ वर्षीय शंकर दाहाल, सोही ठाउँका ३४ वर्षीय बिनोद कुमार पोखरेल र रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का २४ वर्षीय अर्जुन गौतम रहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

मकवानपुरको हेटौंडाबाट झापाको काँकडभिट्टाका लािग छुटेको   मे१ख २३२२ नम्बरको यात्रु बाहक बसलाई रोकेर चेकजाँच गर्दा उक्त बसको सिट मुनी स्याउको कार्टुनभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध गाँजा १३ किलो ५०० ग्राम फेला परेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

गाँजा र बससहित उनीहरूलाई नियन्त्रणमा लिएर लागु औषध मुद्दामा म्याद थप गर्ने लगायतको थप अनुसन्धान कार्य भइरहेको बोगटीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर