Aamsanchar

नक्कली शरणार्थी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ

Author Image
बिहिवार, जेठ ४, २०८०

काठमाडौं :  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा थप एक व्यक्ति पक्राउ परेका छन्। बिहीबार बिहान नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले सिंहदरबारबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता सीताराम रिजालले उनलाई अहिले परिसरमा ल्याएको जानकारी दिए।

उनीमाथि बिचौलियाका करोडौँ रुपैयाँ ओसारपसारमा हज समितिको सरकारी गाडी प्रयोग गर्न दिएको खुलेको छ। उनीमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 318

प्रतिक्रिया (०)

सम्बन्धित खबर