![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/05/InShot_20230521_192754378.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
धनगढी : बझाङमा यार्सागुम्बा सङ्कलनका लागि गएकी एक महिलाको शव फेला परेको छ।
आज (आइतबार) करिब बिहान ९ बजे जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिकाको सिमानाअन्तर्गत पर्ने धनसेरी हिमालक्षेत्रमा गएको हिमपहिरोमा आइतबार यार्चागुम्बा सङ्कलनका लागि गएका ५ जना परेका थिए।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
हिमपहिरोमा परेकामध्ये अहिलेसम्म १ महिलाको मृत्यु भएको र २ जना घाइते भएको र २ जना सम्पर्कविहीन रहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए।
उनका अनुसार मृत्यु हुने र घाइते हुनेमा सुर्माकै स्थानीय श्रीमान-श्रीमती रहेको र एकजना अर्का पनि घाइते भएका छन्। टेलिफोन सम्पर्क हुन नसक्दा उनीहरुको परिचय भने नखुलेको डिएसपी भण्डारीले बताए। सम्पर्कविहीन रहेका २ जनाको खोजीमा प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ।
बेपत्ताहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ भने सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वको टोली घटनास्थलतर्फ हिँडेको छ।