Aamsanchar

‘परस्त्री’को ‘माया बस्यो तिमीसँग…’ सार्वजनिक

Author Image
बिहिवार, जेठ १८, २०८०

काठमाडौं – चलचित्र ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया बस्यो तिमीसँग…’ बोलको गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर छ । कोसिस र केतन क्षेत्रीको कम्पोज र शब्दरचना रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।

असार १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गीतको भिडियोमा सिनेमामा मुख्य कलाकार शिल्पा मास्के र अभिनेता गौरव बिष्ट फिचर्ड छन् ।

सार्वजनिक गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी छ । नेपाली र हिन्दीमा रिलिज हुने सिनेमाले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा भन्छ ।

सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्रको कथा दीपेन्द्र के खनालले लेखेका हुन् । चलचित्रमा शिल्पा र गौरवसँगै कोसिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ ।शर्मिला पाण्डेको निर्माण रहेको सिनेमा नेपाल र भारतमा एकसाथ रिलिज हुने निर्माण पक्षले जनाएको छ । चलचित्र हिन्दीमा डब भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर