Aamsanchar

यात्रुलाई दु:ख दिने वायु सेवाका एक कर्मचारीको काठमाडौंबाट ताप्लेजुङ सरुवा

Author Image
बिहिवार, जेठ १८, २०८०

काठमाडौं : संस्कृति तथा नागरिक पर्यटनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमका एक कर्मचारीलाई कारबाहीस्वरूप काठमाडौंबाट ताप्लेजुङ सरुवा गरिदिएका छन्।

गत जेठ १७ बोर्डिङ पास भइसकेका कर्मचारीलाई सिस्टममा नाम नभएको भन्दै घर फर्काएका विमानस्थल युनिट इन्चार्ज गगनबहादुर चन्दलाई सोधपुछ गरिएको थियो।

तर, उनले चित्तबुझ्दो जवाफ नदिएको भन्दै मन्त्री किरातीले कारबाहीस्वरूप ताप्लेजुङ सरुवा गरी थप अनुसन्धान जारी रहेको सामाजिक सञ्जालमार्फत बताएका हुन्।

‘जेठ १७ काठमाडौंबाट ताप्लेजुङ उडानका लागि नेपाल वायुसेवा निगमको टिकट काटी बोर्डिङ पाससमेत लिएर विमानस्थलभित्र जहाजको ढोकामा पुगेका वृद्ध ठाकुरसिंह भण्डारीलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भनी घर फर्काइएको घटनापछि यस बारेमा गुनासो आएकोले निगमका सम्बन्धित कर्मचारी गगनबहादुर चन्द युनिट इन्चार्जलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नआएको हुँदा निजलाई कारबाहीस्वरूप काठमाडौंबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरी थप अनुसन्धान जारी छ’, उनले लेखेका  छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)