Aamsanchar

इलाममा ‘छिमेकी चरा गणना’ कार्यक्रम सुरु

Author Image
बिहिवार, जेठ १८, २०८०

इलाम । इलाममा “छिमेकी चरा गणना’ कार्यक्रम सुरु भएको छ । आज (विहिबार) देखि सुरु भएको चरा गणना कार्यक्रम ८ दिन सम्म सञ्चालन हुने छ ।

क्विन इलाम पर्यटन प्रवर्द्धन समितिको सहकार्यमा बर्ड्स अफ नेपालले इलाममा “छिमेकी चरा गणना “ कार्यक्रमलाई निरन्तरता दिदै गणना कार्य सुरु गरेको हो ।

बर्ड्स अफ नेपालले अभियानको रुपमा विगत दुई वर्ष देखि सुरु गरेको “छिमेकी चरा गणना’ कार्यक्रमको चौथो संस्करण इलामको सेतीदेवी क्षेत्रबाट सुरु भएको हो ।

“छिमेकी चरा गणना’ कार्यक्रमको उद्घाटन इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले छिमेकी चरा याप्स आफ्नो फोनमा डाउनलोड गरि वरिपरि देखिएको चराहरूको फोटो अपलोड गरेर उद्घाटन गरेका छन् ।

वर्षमा दुई पटक  गरिने गणना अभियान जाडो र गर्मी महिनामा  देशका ७७ वटै जिल्लाहरूमा सञ्चालन हुँदै आएको अभियन्ता याङ्छेन शेर्पाले बताइन् ।  यस वर्ष को गणना अभियान विगत वर्षहरूको कार्यक्रम भन्दा अलि भिन्न र प्रभावकारी ढंगले सञ्चालन हुने शेर्पाले जानकारी दिए । उनले भने ‘इलाम बजार क्षेत्र नजिकैबाट अभियान सुरु गर्नुको मूल लक्ष्य इलाम बजारलाई चराचुरुङ्गी मैत्री बजार बनाइ माइभ्याली क्षेत्रमा पाइने चराचुरुङ्गीको संरक्षण गर्नु हो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर