Aamsanchar

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण माग गरिएको सेनाको भनाई

Author Image
बुधवार, वैशाख १६, २०८३

काठमाडौं – नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको बताएको छ ।

बुधबार एक प्रेस नोट जारी गर्दै सैनिक मुख्यालय जंगी अड्डाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको बताएको छ ।

विगतका वर्षहरूमा जस्तै विपद्का घटनाहरूलाई मध्यनजर गर्दै वर्षातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुनसक्ने जोख जोखिमलाई दृष्टिगत गरी सरोकारवाला निकायहरू समन्वय सहकार्य गर्दै मानवीय र भौतिक क्षतिको न्यूनिकरणका लागि विवरण संकलनको काम भएको बताएको छ ।

सेनाले संकलन गरेको त्यही विवरणलाई सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा नेपाली सेनाले सुकुमवासीको विवरण माग गरेको विषय सार्वजनिक भएपछि यसबारे सेनाले प्रष्ट पारेको बताएको छ ।

अहिले नेपाली सेनाका विभिन्न युनिटहरूलाई सुकुमवासीको विवरणहरू माग गर्दै आइरहेका छन् ।

‘नेपाली सेनाका स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा हुनसक्ने विपद् घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनस्थापना कार्यहरूलाई सहज बनाउने उदेश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर