Aamsanchar

बिर्तामोडको रामचोकमा नाटक ‘खरानीको धागो’ प्रर्दशनी हुने, ८ वर्ष मुनिकाले हेर्न नपाउने 

Author Image
बिहिवार, जेठ १८, २०८०

बिर्तामोड । बालबालिकामा कल्पनाशीलता र रचनात्मक शिल्पको विकास गर्ने उद्देश्यले झापाको बिर्तामोडमा खरानीको धागो नाम नाटक मञ्चन हुने भएको छ ।
जेठ २३ गते देखि ३० गते सम्म बिर्तामोड २ मा रहेको हिमाल सागर रिसोर्टमा नाटक मञ्चनको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ ।

आर्ट स्टुडियोको आयोजना, गार्डेन थिएटर काठमाडौं, कदम थिएटर दमक, परिवर्तन थिएटर काँकडभिट्टा र चुलाचुली रङ्गमञ्चको इलामको सहकार्यमा नाटक खरानीको धागो प्रस्तुत गर्न लागिएको आर्ट स्टुडियोकी अध्यक्ष शान्तादेवी पौडेलले बताइन ।

नाटकको लेखन तथा निर्देशन चे शंकरले गरेका छन् । शंकरकै निर्देशनमा गत वर्ष बिर्तामोडमा नाटक रुवा सफलता पूर्वक मञ्चन भएको थियो ।

पुरानो भेषभूषा, कला र संस्कृतिको बारेमा उजागर, पौराणिक बस्तु, जीवन शैलीको बारेमा नयाँ पुस्तालाई जानकारी र सन्देश मूलक नाटक रहेको आयोजकले दावी गरेको छ ।

नाटक ८ वर्ष माथिका बालबालिका, कलेजका विद्यार्थी, अभिभावक, संस्कृति संरक्षक अभियन्ता, लेखक कलाकारहरू सुरक्षाकर्मी प्रति लक्षित रहेको छ । नाटकमा विभिन्न लोकबाजा, विजुली बत्तीको कलात्मक संयोजन गरिएकोले ८ वर्ष भन्दा मुनीका बालबालिका डराउन सक्ने भएकाले सो उमेर मुनीका बालबालिकाहरूलाई प्रवेश नगराइने निर्देशक शंकर ले बताए ।

नाटकमा शान्तादेवी पौडेल, गोमादेवी बिमली, अम्बिका श्रेष्ठ, पुनम पराजुली, गीता केसी उप्रेती, सुशीला दाहाल, निर्भिक भट्टराई, मनकुमार योङहाङ, सिद्धिका दाहाल, दीपक खरेल, माधवप्रसाद पौड्याल, रुद्र ओली, कृष्णमाया बुढाथोकीको अभिनय रहने छ ।

पत्रकार भेटघाट कार्यक्रममा सल्लाहकार देविभक्त श्रेष्ठ र देवी सङ्ग्रौलाले नाटक वर्तमान अवस्थामा गाउँबाट नागरिकहरूको पलायन र विदेशिएकालाई नेपाल कसरी फर्काउन सकिन्छ भन्ने बारे प्रेरणादायी सन्देश बोकेको भएकाले एक पटक सबैले हेर्नुपर्ने धारणा राखेका छन् ।

कार्यक्रमको सञ्चालन पत्रकार सरोज पौडेलले गरेका थिए ।   

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर