Aamsanchar

झापा प्रहरीद्वारा एक महिलासहित तीन जना फरार प्रतिबादी पक्राउ

Author Image
शुक्रवार, जेठ १९, २०८०

झापा –झापाबाट बिभिन्न मुद्दामा फरार रहेका एक महिलासहित तीन जना प्रतिबादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका तीन जना प्रतिबादीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यन्वयनकोलागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको हो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

पक्राउ पर्नेमा झापा जिल्ला अदालतको मिति २०७९ बैशाख ५ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा १ वर्ष कैद र एक महिलासहित तीन जना प्रतिबादी पक्राउ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका अर्जुनधारा–११ का ४८ बर्षिया माहिला तामाङ भन्ने रविन तामाङ,  अदालतको मिति २०७६असार १ गतेको फैसला अनुसार लागूऔषध (गाजा) मुद्दामा १५ दिन कैद ठहरी फैसला भई फरार रहेका गौरीगञ्ज–६ का ६३ बर्षिया मिना भन्ने भुटिकुमारी राजवंशी र अदालतको मिति २०७८ चैत ८ गतेको फैसला अनुसार चोरी मुद्दामा २ महिना कैद र  ५ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका कनकाई नगरपालिका–५ का ३५ बर्षिय मोहन साह रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)