Aamsanchar

भारतले नेपाललाई १५ वटा भैंसी दिने

Author Image
शनिवार, जेठ २०, २०८०

काठमाडौं : भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने भएको छ । नेपाल सरकारको आग्रहमा भारत सरकारले १५ वटा मुर्रा भैंसी नेपाललाई दिने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक भारत भ्रमणका सन्दर्भमा नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै कृषि तथा पशुसँग सम्बन्धित क्षेत्रमा दुई देशबीच सहयोग आदानप्रदानका सिलसिलामा भैंसी दिन लागिएको जनाएको छ।

कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले नानो फर्टिलाइजर्स र प्राकृतिक खेती जस्ता विषयमा पनि छलफल भएको भारतीय दूतावासले उल्लेख गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारतका किसानलाई आवश्यक मल उपलब्ध गराउन नेपाल र भारतका सार्वजनिक एवं निजी क्षेत्रको सहभागितामा नेपालमा मल उद्योग स्थापना गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 450

प्रतिक्रिया (०)

सम्बन्धित खबर