Aamsanchar

भाकपा माओवादी नेताको निधन, जस्काे टाउकाको मूल्य डेढ करोड तोकिएकाे थियाे

Author Image
आइतवार, जेठ २१, २०८०

काठमाडौं । भारत सरकारबाट डेढ करोड मूल्य तोकिएको भारतीय कम्युनिस्ट पार्टी माओवादीका एक नेताको निधन भएको छ । माओवादी पोलिटव्युरो सदस्य कट्टम सुदर्शनको हृदयाघातका कारण निधन भएको हो ।

माओवादी केन्द्रीय कमिटीका प्रवक्ता अभयले प्रेस नोट जारी गर्दै सुदर्शनको हृदयाघातका कारण निधन भएको जानकारी दिएका हुन् ।भारत सरकारले उनको टाउकोको मूल्य १ करोड ५५ लाख भारु तोकेको थियो । पार्टीमा दोस्रो बरियतामा रहेका उनलाई भारतीय कम्युनिस्ट पार्टी माओवादीभित्र आन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन, रमेश, महेश र एएन नामबाट पनि चिनिन्थ्यो ।तलंगानाको आदिवाबाद घर भएका उनी ६६ वर्षका थिए । उनी भारतका विभिन्न ठाउँमा भएका माओवादी आक्रमणमा संलग्न भएको आरोप छ ।प्रहरीका अनुसार १९७४ देखि माओवादी आन्दोलनमा सक्रिय कट्टम सुदर्शनमाथि छत्तिसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा संलग्न भएको आरोपसमेत छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर