Aamsanchar

दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि खुल्याे

Author Image
सोमवार, जेठ २२, २०८०

भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि खुलेको छ । गएको शुक्रवार बेलुका भएको दुर्घटनाका कारण पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अवरुद्ध भएको थियो ।

बिग्रिएको रेलको ट्रयाक पुनर्निमार्ण भएसँगै बन्द भएको रेल सेवा फेरि सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  त्यहाँका रेलमन्त्री अश्विनी वैष्णव आफैँ उपस्थित भएर रेल वे सेवा सुरु गर्नु भएको हो ।  उहाँले यो घटनाको दोषी जोसुकै भए पनि कडाभन्दा कडा कारबाही हुने पनि बताउनु भएको छ ।

रेल मन्त्री वैष्णवले दुर्घटनाको मूल कारण र जिम्मेवार व्यक्तिको पहिचान समेत भएको दाबी गर्नु भएको छ । तर, यसबारे थप जानकारी सार्वजनिक गरिएको छैन । उहाँले सिग्नलमा त्रुटि हुनु दुर्घटनाको सम्भावित कारण भएको बताउनु भएको छ ।

गएको  शुक्रवार भएको दुर्घटनामा  दुई वटा रेलमा रहेका २ सय ७५ जना यात्रुको ज्यान गएको पुष्टि भएको छ । एक हजार जनाभन्दा धेरै घाइते भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर