Aamsanchar

आजकाे माैसम : केही ठाउँमा हल्का वर्षाको सम्भावना

Author Image
मङ्गलवार, जेठ २३, २०८०

काठमाण्डाै – आज मङ्गलवार पहाडी जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाका केही ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार बाग्मती र कोशी प्रदेशमा केही पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।

काठमाण्डौ उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् । हिजो साेमवार पनि यी प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको थियो । मौसम बदली र वर्षाका कारण हिजाे बेलुकीपख केही शितल भएको थियो ।

आज पहाडी क्षेत्रमा पानी पर्ने अनुमान रहे पनि तराईका जिल्लामा भने गर्मी उस्तै छ । बिहानदेखि बेलुकासम्म नै घाम चर्किँदा तराईको जनजीवन प्रभावित भइरहेको छ । तराईमा अझै एक/दुई दिन यस्तै गर्मीको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । केही दिनदेखि तराईमा तातो हावा/’लु’ चल्न थालेको छ ।

गर्मी र ‘लु’ बाट जोगिन प्रशस्त पानी पिउन, सकेसम्म घाममा नहिँड्न, हिँड्नै परे छाता ओढ्न विज्ञले सुझाव दिँदै आएका छन् । प्रि–मनसुनको अवधि सकिए पनि मनसुनी प्रणाली विकसित नहुँदा पानी पर्न सकेको छैन भने गर्मी पनि बढिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर